Tuesday, August 4, 2009

ज्ञानेन्द्रको साशन किन गुम्यो ?

स्टेफन डब्नर स्टेफन लेभिटको चर्चित किताब Freakonomics मा निकोलाइ चउसेसकुको एउटा उदाहरण दिइएको निकोलाइ चउसेसकु रोमानियाँका भुतपूर्व तानासाह राष्ट्रपतिका रुपमा चिनिन्छन् सन् १९६६ सम्म रोमानियाँमा उदार गर्भपतन नीति थियो चउसेसकुले सत्ता सम्हाालेको एक वर्ष पश्चात सन् १९६६ मा रातारात गर्भपतनलाई प्रतिबन्ध लगाईयो यसको संग संगै गर्भ निरोेधक तथा यौन शिक्षमा पनि प्रतिवन्ध लाग्यो उनको उद्देश्य जनसंख्या वृद्धि गराई रोमानियाँलाई शत्तिशाली राष्ट्र बनाउनु थियो उनि यसमा सफल पनि भए एक वर्ष पश्चात जन्मदर दोब्बर भयो

उनि सत्ताच्युत नहुँदा सम्म गर्भपतन प्रतिबन्ध नै रहयो जनसंख्या वृद्धि संग संगै राज्य सत्तासंग नजिका कम्युनिश्ट पार्टिका प्रभावसाली नेताहरु बाहेकका मानिसहरुको जिवनयापन अति कष्टकर बन्दै गयो डिसेम्बर १६, १९८९ मा हजारौं मानिसहरु उनको साशनको विरोधमा सडकमा निश्कीए प्रदर्शनमा उत्रिने अधिकांस कलेजका विद्यार्थीहरु वेरोजगार १३ देखी २० वर्षका युवाहरु थिए उनि उनकी श्रीमती भाग्ने क्रममा पक्राउ परे डिसेम्बर २५ मा क्रिसमस डे का दिन उनलाई गोलि हानि मारियो

यसरी सडकमा उत्रिने १३ देखी २० वर्ष उमेरका वेरोजगार कष्टकर जिवन विताइ रहेका युवाहरु सन् १९६६ मा गर्भपतनमा प्रबिन्ध लगाए पछि जन्मेका थिए यदि गर्भपतनमा प्रतिबन्ध नलगाइएको भए ति जन्मने पनि थिएनन् उनले अझ लामो समय सम्म सत्ता सम्हाल्न पाउने थिए

नेपालमा पनि चन्द्र शम्सेरले त्रिचन्द्र क्याम्पस स्थापना गरेर आफ्नो खुट्टामा आफै बन्चरो हानें भनेका थिए यस पश्चात नेपालमा विद्यालय विश्वविद्यालयहरुको स्थापना हुँदै गयो ljZjljBfnodf ljleGg ljifox?sf] k9fO{ x'gyfNof], k7\oqmdx? algP dWod :t/sf kl/jf/df k9\g' k5{ eGg] efjgf ;[hfgf eof] ;/sf/n] pknAw u/fPsf] lzIff cGtu{t dfgjLls, Joj:yfkg, lj1fg / k|ljlw, sfg'g, lzIff ljifox?sf] k9fO{ eof] . यो शिक्षाले राजतन्त्र हटाउन दुई पक्षबाट काम गर्यो पहिलो, यसले राज्य जनतालाई रोजगार, ज्ञान शिप प्रदान गर्र्नसकेन वेरोजगारहरु मात्र उत्पादन गर्यो दोस्रो, प्रविधिक ज्ञान भएका बर्षेनी १५ प्रतिशत भन्दा कम विद्यार्थीहरु दिक्षित भए भने ८५ प्रतिशतलाई अन्य विषयहरुको अध्यापन गराईयो यसमा पनि अधिकांश मानवीकिमा संकायबाट दीक्षित भए मानवीकिको पाठ्यक्रमले मानिसहरुलाई प्रजातन्त्र, गणतन्त्र, विश्वका तानासाही शासानको समाप्ती, फ्रान्सको क्रान्त्रि, प्लेटो अरस्तुहरुका दर्शन, मार्कस हेगलको दर्शन आदी आदी ज्ञान दियो यसबाट राजा विनाको शासन सफल उत्तम हून सक्छ भन्ने मनोविज्ञान विकास हुँदै फैलिंदै गयो यी दुवै पक्षले देशका वेरोजगार, गरीब, अन्य सबै वर्गमा उत्प्ररणा जगायो समय समयमा आन्दोलन हुँदै केही केही उपलब्धि हासिलहरु हुदै गयो अन्त्यमा १९ दिने जनआन्दोलनमा यिनै मनोविज्ञानबाट उत्प्ररित जनता घर, गलि, गाउँ, शहर राजधानीमा लाखौँलाख जनता सडकमा निस्कीए २०६३ बैशाख ११ गते राजा ज्ञानेन्द्रले आफ्नो साशन जनता सुम्पिनु पर्यो यस पश्चात संविधान सभाको चुनाव भयो संविधान सभाको पहिलो बैठकले २०६४ साल जेष्ठ १५ गते राजाबाट हटायो सायद प्राविधिक, स्वरोजगारमूलक, व्यवसायिक, उद्ययमशिल शिक्षा ८५ प्रतिशतलाई १५ प्रतिशतलाइ समाजशास्त्रिय पद्धतिको शिक्षा दिएका भए राजाले आफ्नो सत्ता लामो समय सम्मकालागि टिकाउँथे कि!!!

0 comments: