कुनै पनि देशको आर्थिक, सामाजिक र राजनैतिक अवस्थाको दीर्घकालीन स्थितिलाई राज्यले युवाहरुलाई दिइने शिक्षाको पद्धतिले ठूलो प्रभाव पार्दछ । त्यसैले देशले दीर्घकालीन आर्थिक विकासको निमित्त देशमा रोजगारी प्रवद्र्धन गर्ने ब्यवसायिक तथा ब्यवहारिक शिक्षालाई प्रमुख जोड दिनु पर्दछ ।
नेपालको शिक्षा नीति हालसम्म पनि पारम्परिक तथा सैद्धान्तिक रहनुले युवाहरुको ईच्छा तथा उद्देश्य पूरा नहुदा बर्षेनी करोडौ रुपैया शिक्षाको लागि बिदेशिने गर्दछ भने प्रतिभा पलायनको समस्या पनि उत्तिकै देखिएको छ । युवाहरुलाई शैक्षिकरुपले क्षमतावान, सिर्जनशील तथा उद्यमशील बानाउने उद्देश्यले बिशेष शिक्षा नीति नबनाइएको भएता पनि बर्षेनी उच्च माध्यमिक र विश्वविद्यालयहरुबाट लाखौ युवा बिद्यार्थीहरु दीक्षित हुने गर्दछन । नेपालमा उच्च शिक्षा प्रदान गरिरहेका अधिकांश शैक्षिक सस्थाहरुले अध्यापन गराउने विषयहरुलाई विश्लेषण गर्ने हो भने रोजगारीका निमित्त आवश्यकभन्दा फरक सीप तथा ज्ञानप्राप्त विद्यार्थीहरु उत्पादन भइरहेको देख्न सकिन्छ ।
कुनै पनि राष्ट्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अत्यधिक रोजगारी प्रदान गर्ने समुदाय भनेको उद्यमीहरु (Entrepreneurs) नै हुन् । उद्यमीहरुमा मात्र श्रम, पुँजी र भूमिको उचित समयमा समायोजन गरी वस्तु तथा सेवाको उत्पादन गर्ने क्षमता हून्छ । त्यसैगरी अहिलेको विश्वव्यापीकरणको युगमा यो कार्य अति चुनौतीका साथ साथै अवसरको रुपमा पनि विकास भइरहेको छ । यसको लागि विश्वविद्यालय स्तरमा छुट्टै उद्यमशीलता शिक्षा (Entrepreneurship Education) को अध्यापन गराइनु आवस्यक छ ।
यो परिप्रेक्षमा विशेष गरेर नेपालका चार विश्वविद्यालयहरु— त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय— मा व्यवस्थापन, मानविकी, कानुन र विज्ञान तथा प्रविधि गरी चार संकायहरुअन्तर्गत बिभिन्न विषयहरु अध्यापन गराइन्छ । तालिका को तथ्याङ्क अनुसार नेपालमा धेरै बिद्याथीहरु व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र र्सकायअन्तर्गत अध्ययन गर्दछन् । व्यवस्थापन संकायबाट उत्पादित युवा जनशत्तिले नेपालका औद्यौगिक, व्यपारिक तथा व्यवसायिक संस्थाहरुका लागि आवश्यक जनशक्तिको पूर्ति गरिरहेको भए तापनि यसले उद्योग स्थापना गर्न सक्ने उद्यमीहरुको (Entrepreneurs) संख्यामा वृद्धि गर्न सकेको छैन । त्यसैगरी अन्य अप्राविधिक विषयहरु अध्ययन गर्ने विद्यार्थीहरुको संख्या पनि अत्यधिक छ भने उनीहरुको क्षमताअनुसारको रोजगारीका अवसरहरुको बृद्धि हुन नसक्दा युवा बेरोजगारी जटिल समस्याका रुपमा देखिएको छ । देशको एकमात्र प्राविधिक जनशक्ति उत्पादन गर्ने विज्ञान तथा प्रविधिको क्षेत्रमा आकर्षण बढ्दै गएको देखिए तापनि सोअनुरुपको अवसरहरुको भने बिस्तार हुन सकेको छैन ।
विभिन्न संकाय तर्फ विद्यार्थी संख्या
आर्थिक वर्ष 2064/65
.....................संकाय ....................... संख्या ......................प्रतिशत- विज्ञान तथा प्रविधि ....................... 32781 ......................16.45
- मानविकी र संस्कृत ......................... 65323 ...................... 32.78
- व्यवस्थापन .................................. 53957 ...................... 27.08
- कानुन ........................................... 1986 ...................... 1.00
- शिक्षा........................................ 45287 ...................... 22.69
.......... जम्मा ................................. 199264 .......................... 100
श्रोत: आर्थिक सर्वेक्षण 20065-66नेपालमा आर्थिक वर्ष २०६४।६५ मा विज्ञान तथा प्रविधि तर्फ अध्ययन गर्ने विद्यार्थीहरु १६.४५ प्रतिशत र अप्राविधिक तर्फ ८३.५५ प्रतिशत रहेको देखिन्छ । अन्य वर्षहरुमा पनि यसै किसिमले विद्यार्थीहरु विभिन्न संकाय अन्तर्गत अध्ययन गरेको देखिन्छ ।
त्यसैले नेपालको हालको आवश्यकता भनेको नेपालकै श्रोत र साधनहरुको परिचलन गरी आर्थिक विकासमा सवैभन्दा बढी योगदान दिने समुदाय वा उद्यमशीलता विकास गर्ने शिक्षा अत्यन्त जरुरी छ । यसवाट मात्र देशमा विभिन्न ज्ञान, सीप र अनुभव भएका युवाहरुलाई रोजगारीको अवसर प्राप्त हुन सक्दछ । यसको साथसाथै विभिन्न सीप विकास तालिम केन्द्र र व्यवसायिक विकास केन्द्रहरु जस्तै प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र, घरेलु तथा साना उद्योग विकास कार्यक्रम, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानअन्तर्गत पनि नेपाल सरकारले युवाहरुलाई सीप तथा तालिमको व्यवस्था गरेको छ जसबाट धेरै युवाहरु लाभान्वित भएका छन् ।
नेपालमा श्रम शत्तिको मागभन्दा पूर्ति अत्यधिक हुनु र बजारको माग अनुरुपको जनशक्ति तयार नहुनाले गर्दा शिक्षित युवा वेरोजगारहरुको संख्या दिनानुदिन वढी रहेको छ । अर्कातर्फ, नेपालको उच्च शिक्षाको सट्टा विदेशमा गइ उच्च शिक्षा हसिल गर्न चहाने विद्यार्थीहरुको संख्या पनि वृद्धि भइ रहेको छ । यसबाट नेपालले प्रतिभा पलायनको समस्या ब्यहोर्नु परिरहेको छ भने देशभित्र उत्पादित शिक्षित जनशक्तिलाई उचित अवसरहरु प्रदान गर्न नसक्दा युवा बेरोजगारीको संख्या बृद्धि हुनाले आर्थिक बिकासमा नै नकारत्मक असर पुगेको छ ।
युवाहरुलाई उद्यमि वनाईएमा युवाहरुले रोजगार माग्ने नभई देशमा रोजगार श्रृजान गर्नछन् ।अतः आर्थिक विकास गर्ने एउटैमात्र उपाय युवाहरुलाई प्राविधिक र उद्ययमशिलता शिक्षा दिनु रहेको छ । त्यसैले अब युवाका लागी रोजगार नभएर रोजगार बृद्धिका लागी युवाले प्रयास गर्नु पर्ने देखिन्छ ।
त्यसैले युवाका लागि रोजगार नभएर रोजगारका लागि युवा नारा राख्दा कसो होला ?

2 comments:
"Employment for Youth or Youth for Employment"
very nice article to be known...
Post a Comment