Saturday, January 31, 2015

नेपालमा ग्यास समस्याको समाधान

ग्यास साट्न पनि तीन दिन खट्नु पर्यो जस मध्ये एक दिन अफिस पनि विदा लिईयो । सबै नेपालीको गणना गर्ने हो भने जम्मा कति खर्च भयो होला । यस्तो अभाव गराउने को ? सरकार  ? कि व्यवसायि? कि उपभोग्ता? कि को?  यसरी कहिले सम्म दुख पाउने ? सोच्दै जाँदा यस्तो साधारण कुराको व्यवस्थापनमा पनि हामी कति कम्जोर  अरुलाई भन्दा पनि लाजै लग्ने              

ग्यास अभावका थरी थरीको विश्लेषण गरिन्छ कहिले आइओसीले बरौनीको प्लान्ट बन्द गरेको, हिउँदमा माग बढेको, हिउँदमा सिलीण्डरको पुरै ग्यास उपयोग नभएको लगायतका थरी थरीका कारणहरु देखाईन्छ । बजार संयन्त्रलाई दरीलो बनाउने र उपभोग्ताको अधिकार सुनिश्चित गर्ने हो भने यस्ता कारणहरुले कहिले पनि प्रभाव पार्दैनन् । माथिका कारणहरु सबै पहिले नै अनुमान गर्न सकिने कारणहरु हुन् । यत्ती पनि व्यवस्थापन गर्न नसक्नेलाई व्यवसायि मान्न सकिंदैन ।

आभावको मुख्य कारण एउटै वस्तु, समान उपयोगीता र कुनै फरक नै नभएको वस्तुलाई फरक फरक कम्पनीको नामको खोल ओडाएर वेच्न लगाउनाले भएको हो । यसले गर्दा एकै व्यक्ती वा परिवारले फरक फरक कम्पनीका धेरै सिलिण्डर राख्ने गर्दछन् जसले गर्दा मागमा अत्याधिक उतार चढाव हुने गर्दछ । अर्को एकाइसौं सताब्दिको एउटा हास्यास्पद नाटकको व्यवस्था गरिएको छ एउटा कम्पनीको सिलिण्डर अर्कोसँग साट्न नपाउने । यस्ता सिलिण्डरमा उपभोग्ताको सत प्रतिशत लगानी भएको हुन्छ त्यस्तो वस्तु पनि आफुले चाहे अनुसार साट्न नपाउने व्यवस्था गरिएको छ । यसो गर्नले जति संख्यामा कम्पनीहरु हुन्छन त्यस्कै गुणनले समस्या विस्तारीत हुँदै गएको हुन्छ । दुई कम्पनी भए सम्स्या दुई गुना बढ्छ, तीन कम्पनी भएमा तीन गुनाले यसरी नै बढ्दै जान्छ ।

यसको दिर्घकालीन समाधान कडा नियमन सहितको नीजिक्षेत्रको सहभागीता गराउन सकिने भएतापनि नेपालमा हाल सो सम्भव देखिंदैन त्यसैले यसको लागि भएकै व्यवस्थाबाट समेत समाधान गराउन सकिन्छ । पहिलो उपायकोरुपमा कुनै पनि कम्पनी सिलिण्ड एक अर्का संग साट्न सक्ने नियम बनाई लागू गर्ने । यसो पनि गर्न नसकेमा निम्न उपाय गर्ने ।

कुनै उपभोग्ता ग्यास विक्रेताकोमा खाली सिलीण्डर लिएर जाँदा ग्यास उपलब्ध गराउन नसकेको अवस्थामा धरौटी रकममा रु. १०० जरीमाना कम्पनीले थप गरी चेकमार्फत रकम फिर्ता गर्ने नियम बनाउने । चेक दिन नसके प्रत्येक दिनको रु. १०० को दरले जरिवाना गर्ने व्यवस्था गर्ने । यदि यसरि धरौटी फिर्ता नगरेमा प्रहरीले सहयोग गर्ने व्यवस्था गर्ने । यसो गरेमा व्यवसायीले क्षमता भन्दा बढी सिलीण्डर बिक्रि गर्दैनन्, समयमा ग्यास आपुर्ती गर्न सधैं सजग हुन्छन्, उपभोग्ता प्रति उत्तरदायी हुन्छन् । यसो गरेमा मात्र बजार संयन्त्रले काम गर्दछ र व्यवसायिको कार्टेलिङ पनि हट्छ । लाईसेन्स दिंदा उद्योगीलाई बजारमा यहि शर्त अनुसार भण्डारण र आपुर्ती व्यवस्था गर्ने गरी लाईसेन्स दिने । यसको लागि उपभोग्ताले बुझाएको धरौटी रकमको छुट्टै कोष स्थापना गर्ने व्यवस्था गर्न लगाउने । साथै, ग्यास उद्योगीलाई माग गरे जति ग्यास उपलब्ध गराउने व्यवस्था गर्ने ।

माथिको एउटा गल्ती सुधारर्ने नाममा दुई रंगको सिलीण्डर ल्याएर फरक मूल्यमा विक्रि गर्ने अर्को गल्ती कहिले पनि नगर्ने । यसको लागि व्यवसायिकरुपमा उपयोग गरिएको ग्यासको मूल्य पनि उपभोग्ताले नै तिर्छन भन्ने कुराको ख्याल गर्ने । समान उपयोगीता भएको वस्तु दुई मूल्यमा नेपाल जस्तो देशमा विक्रि गर्न सकिंदैन । यस्तो व्यवस्था गर्ने हो भने सत्य युग लागे पछि मात्र लागू गर्ने । त्यसैले समान उपयोगीता भएको वस्तुलाई फरक फरक खोल ओडाएर वेच्न लगाएर जनतालाई दुख दिने जस्तो पाप कर्म कहिले पनि नगर्ने ।

अन्त्यमा, यसरी चरम आभाव भएमा आयल निगमको व्यस्थापन मात्र हैन आपुर्ती मन्त्री स्वत हट्ने र जरिमाना समेत तिर्नु पर्ने व्यवस्था गर्ने ।

2 comments:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

OnlineNepali said...

नेपालमा सार्वजनिक संस्थानहरु कमिसन तन्त्रको जालोमा फसेर जनतालाई दु:ख दिने अनी आफुहरु मोटाउदै जाने परिपाटी अझै कायमै छ। जबसम्म सार्वजनिक संस्थान हरु नितिगत रुपमा भरस्टाचार गर्न छोड्दैनन, तबसम्म जनताले दु:ख भोगिरहनु पर्छ। त्यही को परिणाम स्वरुप महिनौ दिन बितिसक्दा पनि ग्यास को अभाब कायमै छ।

Read My blog also:
OnlineNepali