Tuesday, August 4, 2009

ज्ञानेन्द्रको साशन किन गुम्यो ?

स्टेफन डब्नर स्टेफन लेभिटको चर्चित किताब Freakonomics मा निकोलाइ चउसेसकुको एउटा उदाहरण दिइएको निकोलाइ चउसेसकु रोमानियाँका भुतपूर्व तानासाह राष्ट्रपतिका रुपमा चिनिन्छन् सन् १९६६ सम्म रोमानियाँमा उदार गर्भपतन नीति थियो चउसेसकुले सत्ता सम्हाालेको एक वर्ष पश्चात सन् १९६६ मा रातारात गर्भपतनलाई प्रतिबन्ध लगाईयो यसको संग संगै गर्भ निरोेधक तथा यौन शिक्षमा पनि प्रतिवन्ध लाग्यो उनको उद्देश्य जनसंख्या वृद्धि गराई रोमानियाँलाई शत्तिशाली राष्ट्र बनाउनु थियो उनि यसमा सफल पनि भए एक वर्ष पश्चात जन्मदर दोब्बर भयो

उनि सत्ताच्युत नहुँदा सम्म गर्भपतन प्रतिबन्ध नै रहयो जनसंख्या वृद्धि संग संगै राज्य सत्तासंग नजिका कम्युनिश्ट पार्टिका प्रभावसाली नेताहरु बाहेकका मानिसहरुको जिवनयापन अति कष्टकर बन्दै गयो डिसेम्बर १६, १९८९ मा हजारौं मानिसहरु उनको साशनको विरोधमा सडकमा निश्कीए प्रदर्शनमा उत्रिने अधिकांस कलेजका विद्यार्थीहरु वेरोजगार १३ देखी २० वर्षका युवाहरु थिए उनि उनकी श्रीमती भाग्ने क्रममा पक्राउ परे डिसेम्बर २५ मा क्रिसमस डे का दिन उनलाई गोलि हानि मारियो

यसरी सडकमा उत्रिने १३ देखी २० वर्ष उमेरका वेरोजगार कष्टकर जिवन विताइ रहेका युवाहरु सन् १९६६ मा गर्भपतनमा प्रबिन्ध लगाए पछि जन्मेका थिए यदि गर्भपतनमा प्रतिबन्ध नलगाइएको भए ति जन्मने पनि थिएनन् उनले अझ लामो समय सम्म सत्ता सम्हाल्न पाउने थिए

नेपालमा पनि चन्द्र शम्सेरले त्रिचन्द्र क्याम्पस स्थापना गरेर आफ्नो खुट्टामा आफै बन्चरो हानें भनेका थिए यस पश्चात नेपालमा विद्यालय विश्वविद्यालयहरुको स्थापना हुँदै गयो ljZjljBfnodf ljleGg ljifox?sf] k9fO{ x'gyfNof], k7\oqmdx? algP dWod :t/sf kl/jf/df k9\g' k5{ eGg] efjgf ;[hfgf eof] ;/sf/n] pknAw u/fPsf] lzIff cGtu{t dfgjLls, Joj:yfkg, lj1fg / k|ljlw, sfg'g, lzIff ljifox?sf] k9fO{ eof] . यो शिक्षाले राजतन्त्र हटाउन दुई पक्षबाट काम गर्यो पहिलो, यसले राज्य जनतालाई रोजगार, ज्ञान शिप प्रदान गर्र्नसकेन वेरोजगारहरु मात्र उत्पादन गर्यो दोस्रो, प्रविधिक ज्ञान भएका बर्षेनी १५ प्रतिशत भन्दा कम विद्यार्थीहरु दिक्षित भए भने ८५ प्रतिशतलाई अन्य विषयहरुको अध्यापन गराईयो यसमा पनि अधिकांश मानवीकिमा संकायबाट दीक्षित भए मानवीकिको पाठ्यक्रमले मानिसहरुलाई प्रजातन्त्र, गणतन्त्र, विश्वका तानासाही शासानको समाप्ती, फ्रान्सको क्रान्त्रि, प्लेटो अरस्तुहरुका दर्शन, मार्कस हेगलको दर्शन आदी आदी ज्ञान दियो यसबाट राजा विनाको शासन सफल उत्तम हून सक्छ भन्ने मनोविज्ञान विकास हुँदै फैलिंदै गयो यी दुवै पक्षले देशका वेरोजगार, गरीब, अन्य सबै वर्गमा उत्प्ररणा जगायो समय समयमा आन्दोलन हुँदै केही केही उपलब्धि हासिलहरु हुदै गयो अन्त्यमा १९ दिने जनआन्दोलनमा यिनै मनोविज्ञानबाट उत्प्ररित जनता घर, गलि, गाउँ, शहर राजधानीमा लाखौँलाख जनता सडकमा निस्कीए २०६३ बैशाख ११ गते राजा ज्ञानेन्द्रले आफ्नो साशन जनता सुम्पिनु पर्यो यस पश्चात संविधान सभाको चुनाव भयो संविधान सभाको पहिलो बैठकले २०६४ साल जेष्ठ १५ गते राजाबाट हटायो सायद प्राविधिक, स्वरोजगारमूलक, व्यवसायिक, उद्ययमशिल शिक्षा ८५ प्रतिशतलाई १५ प्रतिशतलाइ समाजशास्त्रिय पद्धतिको शिक्षा दिएका भए राजाले आफ्नो सत्ता लामो समय सम्मकालागि टिकाउँथे कि!!!

युवाहरुको लागि रोजगार कि रोजगारको लागि युवाहरु ?

कुनै पनि देशको आर्थिक, सामाजिक राजनैतिक अवस्थाको दीर्घकालीन स्थितिलाई राज्यले युवाहरुलाई दिइने शिक्षाको पद्धतिले ठूलो प्रभाव पार्दछ । त्यसैले देशले दीर्घकालीन आर्थिक विकासको निमित्त देशमा रोजगारी प्रवद्र्धन गर्ने ब्यवसायिक तथा ब्यवहारिक शिक्षालाई प्रमुख जोड दिनु पर्दछ
नेपालको शिक्षा नीति हालसम्म पनि पारम्परिक तथा सैद्धान्तिक रहनुले युवाहरुको ईच्छा तथा उद्देश्य पूरा नहुदा बर्षेनी करोडौ रुपैया शिक्षाको लागि बिदेशिने गर्दछ भने प्रतिभा पलायनको समस्या पनि उत्तिकै देखिएको युवाहरुलाई शैक्षिकरुपले क्षमतावान, सिर्जनशील तथा उद्यमशील बानाउने उद्देश्यले बिशेष शिक्षा नीति नबनाइएको भएता पनि बर्षेनी उच्च माध्यमिक विश्वविद्यालयहरुबाट लाखौ युवा बिद्यार्थीहरु दीक्षित हुने गर्दछन नेपालमा उच्च शिक्षा प्रदान गरिरहेका अधिकांश शैक्षिक सस्थाहरुले अध्यापन गराउने विषयहरुलाई विश्लेषण गर्ने हो भने रोजगारीका निमित्त आवश्यकभन्दा फरक सीप तथा ज्ञानप्राप्त विद्यार्थीहरु उत्पादन भइरहेको देख्न सकिन्छ

कुनै पनि राष्ट्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अत्यधिक रोजगारी प्रदान गर्ने समुदाय भनेको उद्यमीहरु (Entrepreneurs) नै हुन् उद्यमीहरुमा मात्र श्रम, पुँजी भूमिको उचित समयमा समायोजन गरी वस्तु तथा सेवाको उत्पादन गर्ने क्षमता हून्छ त्यसैगरी अहिलेको विश्वव्यापीकरणको युगमा यो कार्य अति चुनौतीका साथ साथै अवसरको रुपमा पनि विकास भइरहेको यसको लागि विश्वविद्यालय स्तरमा छुट्टै उद्यमशीलता शिक्षा (Entrepreneurship Education) को अध्यापन गराइनु आवस्यक

यो परिप्रेक्षमा विशेष गरेर नेपालका चार विश्वविद्यालयहरु— त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय पोखरा विश्वविद्यालय— मा व्यवस्थापन, मानविकी, कानुन विज्ञान तथा प्रविधि गरी चार संकायहरुअन्तर्गत बिभिन्न विषयहरु अध्यापन गराइन्छ तालिका को तथ्याङ्क अनुसार नेपालमा धेरै बिद्याथीहरु व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र र्सकायअन्तर्गत अध्ययन गर्दछन् व्यवस्थापन संकायबाट उत्पादित युवा जनशत्तिले नेपालका औद्यौगिक, व्यपारिक तथा व्यवसायिक संस्थाहरुका लागि आवश्यक जनशक्तिको पूर्ति गरिरहेको भए तापनि यसले उद्योग स्थापना गर्न सक्ने उद्यमीहरुको (Entrepreneurs) संख्यामा वृद्धि गर्न सकेको छैन त्यसैगरी अन्य अप्राविधिक विषयहरु अध्ययन गर्ने विद्यार्थीहरुको संख्या पनि अत्यधिक भने उनीहरुको क्षमताअनुसारको रोजगारीका अवसरहरुको बृद्धि हुन नसक्दा युवा बेरोजगारी जटिल समस्याका रुपमा देखिएको देशको एकमात्र प्राविधिक जनशक्ति उत्पादन गर्ने विज्ञान तथा प्रविधिको क्षेत्रमा आकर्षण बढ्दै गएको देखिए तापनि सोअनुरुपको अवसरहरुको भने बिस्तार हुन सकेको छैन

विभिन्न संकाय तर्फ विद्यार्थी संख्या
आर्थिक वर्ष 2064/65
.....................संकाय ....................... संख्या ......................प्रतिशत
  1. विज्ञान तथा प्रविधि ....................... 32781 ......................16.45
  2. मानविकी र संस्कृत ......................... 65323 ...................... 32.78
  3. व्यवस्थापन .................................. 53957 ...................... 27.08
  4. कानुन ........................................... 1986 ...................... 1.00
  5. शिक्षा........................................ 45287 ...................... 22.69
.......... जम्मा ................................. 199264 .......................... 100
श्रोत: आर्थिक सर्वेक्षण 20065-66

नेपालमा आर्थिक वर्ष २०६४।६५ मा विज्ञान तथा प्रविधि तर्फ अध्ययन गर्ने विद्यार्थीहरु १६.४५ प्रतिशत अप्राविधिक तर्फ ८३.५५ प्रतिशत रहेको देखिन्छ अन्य वर्षहरुमा पनि यसै किसिमले विद्यार्थीहरु विभिन्न संकाय अन्तर्गत अध्ययन गरेको देखिन्छ

त्यसैले नेपालको हालको आवश्यकता भनेको नेपालकै श्रोत साधनहरुको परिचलन गरी आर्थिक विकासमा सवैभन्दा बढी योगदान दिने समुदाय वा उद्यमशीलता विकास गर्ने शिक्षा अत्यन्त जरुरी यसवाट मात्र देशमा विभिन्न ज्ञान, सीप अनुभव भएका युवाहरुलाई रोजगारीको अवसर प्राप्त हुन सक्दछ यसको साथसाथै विभिन्न सीप विकास तालिम केन्द्र व्यवसायिक विकास केन्द्रहरु जस्तै प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र, घरेलु तथा साना उद्योग विकास कार्यक्रम, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानअन्तर्गत पनि नेपाल सरकारले युवाहरुलाई सीप तथा तालिमको व्यवस्था गरेको जसबाट धेरै युवाहरु लाभान्वित भएका छन्

नेपालमा श्रम शत्तिको मागभन्दा पूर्ति अत्यधिक हुनु बजारको माग अनुरुपको जनशक्ति तयार नहुनाले गर्दा शिक्षित युवा वेरोजगारहरुको संख्या दिनानुदिन वढी रहेको अर्कातर्फ, नेपालको उच्च शिक्षाको सट्टा विदेशमा गइ उच्च शिक्षा हसिल गर्न चहाने विद्यार्थीहरुको संख्या पनि वृद्धि भइ रहेको यसबाट नेपालले प्रतिभा पलायनको समस्या ब्यहोर्नु परिरहेको भने देशभित्र उत्पादित शिक्षित जनशक्तिलाई उचित अवसरहरु प्रदान गर्न नसक्दा युवा बेरोजगारीको संख्या बृद्धि हुनाले आर्थिक बिकासमा नै नकारत्मक असर पुगेको

युवाहरुलाई उद्यमि वनाईएमा युवाहरुले रोजगार माग्ने नभई देशमा रोजगार श्रृजान गर्नछन् ।अतः आर्थिक विकास गर्ने एउटैमात्र उपाय युवाहरुलाई प्राविधिक उद्ययमशिलता शिक्षा दिनु रहेको त्यसैले अब युवाका लागी रोजगार नभएर रोजगार बृद्धिका लागी युवाले प्रयास गर्नु पर्ने देखिन्छ

त्यसैले युवाका लागि रोजगार नभएर रोजगारका लागि युवा नारा राख्दा कसो होला ?


Saturday, August 1, 2009

Principle 2: Opportunity Cost

Opportunity Cost:

The opportunity cost of an item is what you give up to obtain that item.

Whether to go to college or to work? sn]h hfg] ls hflu/ vfg]===


पुर्णकालीन जागिर खाने हो भने कलेज जान पाइन्न । कलेज जाने हो भने पुर्णकालीन जागिर खान पाईन्न । त्यसैले जागिर खानुको लागत कलेजको शिक्षा नपाउनु हो भने कलेजको शिक्षा पाउनुको लागत जागिरको आम्दानी हो ।

कृषकले कुनैै खेतमा निश्चित समयमा मकै रोप्यो भने गहुँ रोप्न पाउँदैन र गहुँ रोप्यो भने मकै रोप्न पाउँदैन । त्यसैले मकै उत्पादन गनुको लागत उस्को उक्त खेतमा हुन सक्ने गह्ुँको उत्पादन हो भने गहुँको उत्पादन गनुको लागत खेतमा हुन सक्ने मकै उत्पादन हो ।


यस लागतलाई Opportunity Cost भनिन्छ ।