Saturday, January 31, 2015
नेपालमा ग्यास समस्याको समाधान
ग्यास साट्न पनि तीन
दिन खट्नु पर्यो जस मध्ये एक दिन अफिस पनि विदा लिईयो । सबै नेपालीको गणना गर्ने
हो भने जम्मा कति खर्च भयो होला । यस्तो अभाव गराउने को ? सरकार ? कि व्यवसायि? कि उपभोग्ता? कि को? यसरी कहिले सम्म दुख
पाउने ? सोच्दै जाँदा यस्तो साधारण कुराको व्यवस्थापनमा पनि
हामी कति कम्जोर । अरुलाई भन्दा पनि लाजै लग्ने ।
ग्यास अभावका थरी थरीको विश्लेषण गरिन्छ कहिले
आइओसीले बरौनीको प्लान्ट बन्द गरेको, हिउँदमा
माग बढेको, हिउँदमा सिलीण्डरको पुरै ग्यास उपयोग
नभएको लगायतका थरी थरीका कारणहरु देखाईन्छ । बजार संयन्त्रलाई दरीलो बनाउने र
उपभोग्ताको अधिकार सुनिश्चित गर्ने हो भने यस्ता कारणहरुले कहिले पनि प्रभाव
पार्दैनन् । माथिका कारणहरु सबै पहिले नै अनुमान गर्न सकिने कारणहरु हुन् । यत्ती
पनि व्यवस्थापन गर्न नसक्नेलाई व्यवसायि मान्न सकिंदैन ।
आभावको मुख्य कारण एउटै वस्तु, समान उपयोगीता र कुनै फरक नै नभएको
वस्तुलाई फरक फरक कम्पनीको नामको खोल ओडाएर वेच्न लगाउनाले भएको हो । यसले गर्दा
एकै व्यक्ती वा परिवारले फरक फरक कम्पनीका धेरै सिलिण्डर राख्ने गर्दछन् जसले
गर्दा मागमा अत्याधिक उतार चढाव हुने गर्दछ । अर्को एकाइसौं सताब्दिको एउटा
हास्यास्पद नाटकको व्यवस्था गरिएको छ एउटा कम्पनीको सिलिण्डर अर्कोसँग साट्न
नपाउने । यस्ता सिलिण्डरमा उपभोग्ताको सत प्रतिशत लगानी भएको हुन्छ त्यस्तो वस्तु
पनि आफुले चाहे अनुसार साट्न नपाउने व्यवस्था गरिएको छ । यसो गर्नले जति संख्यामा
कम्पनीहरु हुन्छन त्यस्कै गुणनले समस्या विस्तारीत हुँदै गएको हुन्छ । दुई कम्पनी
भए सम्स्या दुई गुना बढ्छ,
तीन कम्पनी भएमा तीन गुनाले यसरी नै
बढ्दै जान्छ ।
यसको दिर्घकालीन समाधान कडा नियमन सहितको
नीजिक्षेत्रको सहभागीता गराउन सकिने भएतापनि नेपालमा हाल सो सम्भव देखिंदैन
त्यसैले यसको लागि भएकै व्यवस्थाबाट समेत समाधान गराउन सकिन्छ । पहिलो उपायकोरुपमा
कुनै पनि कम्पनी सिलिण्ड एक अर्का संग साट्न सक्ने नियम बनाई लागू गर्ने । यसो पनि
गर्न नसकेमा निम्न उपाय गर्ने ।
कुनै उपभोग्ता ग्यास विक्रेताकोमा खाली
सिलीण्डर लिएर जाँदा ग्यास उपलब्ध गराउन नसकेको अवस्थामा धरौटी रकममा रु. १००
जरीमाना कम्पनीले थप गरी चेकमार्फत रकम फिर्ता गर्ने नियम बनाउने । चेक दिन नसके
प्रत्येक दिनको रु. १०० को दरले जरिवाना गर्ने व्यवस्था गर्ने । यदि यसरि धरौटी
फिर्ता नगरेमा प्रहरीले सहयोग गर्ने व्यवस्था गर्ने । यसो गरेमा व्यवसायीले क्षमता
भन्दा बढी सिलीण्डर बिक्रि गर्दैनन्, समयमा ग्यास आपुर्ती गर्न सधैं सजग हुन्छन्, उपभोग्ता प्रति उत्तरदायी हुन्छन् ।
यसो गरेमा मात्र बजार संयन्त्रले काम गर्दछ र व्यवसायिको कार्टेलिङ पनि हट्छ ।
लाईसेन्स दिंदा उद्योगीलाई बजारमा यहि शर्त अनुसार भण्डारण र आपुर्ती व्यवस्था
गर्ने गरी लाईसेन्स दिने । यसको लागि उपभोग्ताले बुझाएको धरौटी रकमको छुट्टै कोष
स्थापना गर्ने व्यवस्था गर्न लगाउने । साथै, ग्यास उद्योगीलाई माग गरे जति ग्यास
उपलब्ध गराउने व्यवस्था गर्ने ।
माथिको एउटा गल्ती सुधारर्ने नाममा दुई रंगको
सिलीण्डर ल्याएर फरक मूल्यमा विक्रि गर्ने अर्को गल्ती कहिले पनि नगर्ने । यसको
लागि व्यवसायिकरुपमा उपयोग गरिएको ग्यासको मूल्य पनि उपभोग्ताले नै तिर्छन भन्ने
कुराको ख्याल गर्ने । समान उपयोगीता भएको वस्तु दुई मूल्यमा नेपाल जस्तो देशमा
विक्रि गर्न सकिंदैन । यस्तो व्यवस्था गर्ने हो भने सत्य युग लागे पछि मात्र लागू
गर्ने । त्यसैले समान उपयोगीता भएको वस्तुलाई फरक फरक खोल ओडाएर वेच्न लगाएर
जनतालाई दुख दिने जस्तो पाप कर्म कहिले पनि नगर्ने ।
अन्त्यमा, यसरी
चरम आभाव भएमा आयल निगमको व्यस्थापन मात्र हैन आपुर्ती मन्त्री स्वत हट्ने र
जरिमाना समेत तिर्नु पर्ने व्यवस्था गर्ने ।
Sunday, March 20, 2011
If You Do Not Find Me Here
If You Do Not Find Me Here.
You will Find Me THERE.
Always Advocating Economic Freedom and Rights.
You will Find Me THERE.
Always Advocating Economic Freedom and Rights.
Wednesday, October 20, 2010
नेपालको आशावादी अर्थतन्त्र
चित्रमा नेपालको आर्थिक वृद्धि दरको सन् २०७५ देखि २००९ सम्मको तथ्यांकको Trend प्रस्तुत गरीएको छ । नेपालको गहीरो राजनैतिक अन्योलको बाबाजुद पनि २०६३ को जनआन्दोलन पछि पुनः केही मात्रामा भए पनि अर्थतन्त्रले आशावदी संकेत देखाएको छ । यसो हुनुको कारण सरकारी क्षेत्रको गतिविधिमा कमि आएता पनि निजि चित्रमा नेपालको आर्थिक वृद्धि दरको सन् २०७५ देखि २००९ सम्मको तथ्यांकको त्चभलम प्रस्तुत गरीएको छ । नेपालको गहीरो राजनैतिक अन्योलको बाबाजुद पनि २०६३ को जनआन्दोलन पछि पुनः केही मात्रामा भए पनि अर्थतन्त्रले आशावदी संकेत देखाएको छ । यसो हुनुको कारण सरकारी क्षेत्रको गतिविधिमा कमि आएता पनि निजि क्षेत्रको गतिविधिमा शुस्तता नआउनु हो । सरकारको विकासका गतिविधिमा वृद्धि हुनसकेमा निजि क्षेत्रका साथै समग्र अर्थतन्त्रलार्ई यसले सजिलै Stimulate गर्ने थियो । बजेट एक राजनैतिक–आर्थिक कार्यनीति भएता पनि यो नियमित प्रकृयामा चल्ने सरकारी अर्थतन्त्र पनि हो जसमा जनताको दैनिक जिवन संग सरोकार राख्ने धेरै पक्षहरु जोडीएका हुन्छन् । त्यसैले बजेटलाई संक्रमणकाल अवधि भर राजनैतिक प्रकृयाबाट मुक्त गर्नु आवश्यक छ ।
Tuesday, August 4, 2009
ज्ञानेन्द्रको साशन किन गुम्यो ?
स्टेफन डब्नर र स्टेफन लेभिटको चर्चित किताब Freakonomics मा निकोलाइ चउसेसकुको एउटा उदाहरण दिइएको छ । निकोलाइ चउसेसकु रोमानियाँका भुतपूर्व तानासाह राष्ट्रपतिका रुपमा चिनिन्छन् । सन् १९६६ सम्म रोमानियाँमा उदार गर्भपतन नीति थियो । चउसेसकुले सत्ता सम्हाालेको एक वर्ष पश्चात सन् १९६६ मा रातारात गर्भपतनलाई प्रतिबन्ध लगाईयो । यसको संग संगै गर्भ निरोेधक तथा यौन शिक्षमा पनि प्रतिवन्ध लाग्यो । उनको उद्देश्य जनसंख्या वृद्धि गराई रोमानियाँलाई शत्तिशाली राष्ट्र बनाउनु थियो । उनि यसमा सफल पनि भए एक वर्ष पश्चात जन्मदर दोब्बर भयो ।
उनि सत्ताच्युत नहुँदा सम्म गर्भपतन प्रतिबन्ध नै रहयो । जनसंख्या वृद्धि संग संगै राज्य सत्तासंग नजिका र कम्युनिश्ट पार्टिका प्रभावसाली नेताहरु बाहेकका मानिसहरुको जिवनयापन अति कष्टकर बन्दै गयो । डिसेम्बर १६, १९८९ मा हजारौं मानिसहरु उनको साशनको विरोधमा सडकमा निश्कीए । प्रदर्शनमा उत्रिने अधिकांस कलेजका विद्यार्थीहरु र वेरोजगार १३ देखी २० वर्षका युवाहरु थिए । उनि र उनकी श्रीमती भाग्ने क्रममा पक्राउ परे र डिसेम्बर २५ मा क्रिसमस डे का दिन उनलाई गोलि हानि मारियो ।
यसरी सडकमा उत्रिने १३ देखी २० वर्ष उमेरका वेरोजगार र कष्टकर जिवन विताइ रहेका युवाहरु सन् १९६६ मा गर्भपतनमा प्रबिन्ध लगाए पछि जन्मेका थिए । यदि गर्भपतनमा प्रतिबन्ध नलगाइएको भए ति जन्मने पनि थिएनन् र उनले अझ लामो समय सम्म सत्ता सम्हाल्न पाउने थिए ।
नेपालमा पनि चन्द्र शम्सेरले त्रिचन्द्र क्याम्पस स्थापना गरेर आफ्नो खुट्टामा आफै बन्चरो हानें भनेका थिए । यस पश्चात नेपालमा विद्यालय र विश्वविद्यालयहरुको स्थापना हुँदै गयो । ljZjljBfnodf ljleGg ljifox?sf] k9fO{ x'gyfNof], k7\oqmdx? algP dWod :t/sf kl/jf/df k9\g' k5{ eGg] efjgf ;[hfgf eof] ;/sf/n] pknAw u/fPsf] lzIff cGtu{t dfgjLls, Joj:yfkg, lj1fg / k|ljlw, sfg'g, lzIff ljifox?sf] k9fO{ eof] . यो शिक्षाले राजतन्त्र हटाउन दुई पक्षबाट काम गर्यो । पहिलो, यसले राज्य र जनतालाई रोजगार, ज्ञान र शिप प्रदान गर्र्नसकेन र वेरोजगारहरु मात्र उत्पादन गर्यो । दोस्रो, प्रविधिक ज्ञान भएका बर्षेनी १५ प्रतिशत भन्दा कम विद्यार्थीहरु दिक्षित भए भने ८५ प्रतिशतलाई अन्य विषयहरुको अध्यापन गराईयो । यसमा पनि अधिकांश मानवीकिमा संकायबाट दीक्षित भए । मानवीकिको पाठ्यक्रमले मानिसहरुलाई प्रजातन्त्र, गणतन्त्र, विश्वका तानासाही शासानको समाप्ती, फ्रान्सको क्रान्त्रि, प्लेटो र अरस्तुहरुका दर्शन, मार्कस र हेगलको दर्शन आदी आदी ज्ञान दियो । यसबाट राजा विनाको शासन सफल र उत्तम हून सक्छ भन्ने मनोविज्ञान विकास हुँदै र फैलिंदै गयो । यी दुवै पक्षले देशका वेरोजगार, गरीब, अन्य सबै वर्गमा उत्प्ररणा जगायो । समय समयमा आन्दोलन हुँदै केही न केही उपलब्धि हासिलहरु हुदै गयो । अन्त्यमा १९ दिने जनआन्दोलनमा यिनै मनोविज्ञानबाट उत्प्ररित जनता घर, गलि, गाउँ, शहर र राजधानीमा लाखौँलाख जनता सडकमा निस्कीए र २०६३ बैशाख ११ गते राजा ज्ञानेन्द्रले आफ्नो साशन जनता सुम्पिनु पर्यो । यस पश्चात संविधान सभाको चुनाव भयो र संविधान सभाको पहिलो बैठकले २०६४ साल जेष्ठ १५ गते राजाबाट हटायो । सायद प्राविधिक, स्वरोजगारमूलक, व्यवसायिक, उद्ययमशिल शिक्षा ८५ प्रतिशतलाई र १५ प्रतिशतलाइ समाजशास्त्रिय पद्धतिको शिक्षा दिएका भए राजाले आफ्नो सत्ता लामो समय सम्मकालागि टिकाउँथे कि!!!

युवाहरुको लागि रोजगार कि रोजगारको लागि युवाहरु ?
कुनै पनि देशको आर्थिक, सामाजिक र राजनैतिक अवस्थाको दीर्घकालीन स्थितिलाई राज्यले युवाहरुलाई दिइने शिक्षाको पद्धतिले ठूलो प्रभाव पार्दछ । त्यसैले देशले दीर्घकालीन आर्थिक विकासको निमित्त देशमा रोजगारी प्रवद्र्धन गर्ने ब्यवसायिक तथा ब्यवहारिक शिक्षालाई प्रमुख जोड दिनु पर्दछ ।
नेपालको शिक्षा नीति हालसम्म पनि पारम्परिक तथा सैद्धान्तिक रहनुले युवाहरुको ईच्छा तथा उद्देश्य पूरा नहुदा बर्षेनी करोडौ रुपैया शिक्षाको लागि बिदेशिने गर्दछ भने प्रतिभा पलायनको समस्या पनि उत्तिकै देखिएको छ । युवाहरुलाई शैक्षिकरुपले क्षमतावान, सिर्जनशील तथा उद्यमशील बानाउने उद्देश्यले बिशेष शिक्षा नीति नबनाइएको भएता पनि बर्षेनी उच्च माध्यमिक र विश्वविद्यालयहरुबाट लाखौ युवा बिद्यार्थीहरु दीक्षित हुने गर्दछन । नेपालमा उच्च शिक्षा प्रदान गरिरहेका अधिकांश शैक्षिक सस्थाहरुले अध्यापन गराउने विषयहरुलाई विश्लेषण गर्ने हो भने रोजगारीका निमित्त आवश्यकभन्दा फरक सीप तथा ज्ञानप्राप्त विद्यार्थीहरु उत्पादन भइरहेको देख्न सकिन्छ ।
कुनै पनि राष्ट्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अत्यधिक रोजगारी प्रदान गर्ने समुदाय भनेको उद्यमीहरु (Entrepreneurs) नै हुन् । उद्यमीहरुमा मात्र श्रम, पुँजी र भूमिको उचित समयमा समायोजन गरी वस्तु तथा सेवाको उत्पादन गर्ने क्षमता हून्छ । त्यसैगरी अहिलेको विश्वव्यापीकरणको युगमा यो कार्य अति चुनौतीका साथ साथै अवसरको रुपमा पनि विकास भइरहेको छ । यसको लागि विश्वविद्यालय स्तरमा छुट्टै उद्यमशीलता शिक्षा (Entrepreneurship Education) को अध्यापन गराइनु आवस्यक छ ।
यो परिप्रेक्षमा विशेष गरेर नेपालका चार विश्वविद्यालयहरु— त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय— मा व्यवस्थापन, मानविकी, कानुन र विज्ञान तथा प्रविधि गरी चार संकायहरुअन्तर्गत बिभिन्न विषयहरु अध्यापन गराइन्छ । तालिका को तथ्याङ्क अनुसार नेपालमा धेरै बिद्याथीहरु व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र र्सकायअन्तर्गत अध्ययन गर्दछन् । व्यवस्थापन संकायबाट उत्पादित युवा जनशत्तिले नेपालका औद्यौगिक, व्यपारिक तथा व्यवसायिक संस्थाहरुका लागि आवश्यक जनशक्तिको पूर्ति गरिरहेको भए तापनि यसले उद्योग स्थापना गर्न सक्ने उद्यमीहरुको (Entrepreneurs) संख्यामा वृद्धि गर्न सकेको छैन । त्यसैगरी अन्य अप्राविधिक विषयहरु अध्ययन गर्ने विद्यार्थीहरुको संख्या पनि अत्यधिक छ भने उनीहरुको क्षमताअनुसारको रोजगारीका अवसरहरुको बृद्धि हुन नसक्दा युवा बेरोजगारी जटिल समस्याका रुपमा देखिएको छ । देशको एकमात्र प्राविधिक जनशक्ति उत्पादन गर्ने विज्ञान तथा प्रविधिको क्षेत्रमा आकर्षण बढ्दै गएको देखिए तापनि सोअनुरुपको अवसरहरुको भने बिस्तार हुन सकेको छैन ।
विभिन्न संकाय तर्फ विद्यार्थी संख्या
आर्थिक वर्ष 2064/65
.....................संकाय ....................... संख्या ......................प्रतिशत- विज्ञान तथा प्रविधि ....................... 32781 ......................16.45
- मानविकी र संस्कृत ......................... 65323 ...................... 32.78
- व्यवस्थापन .................................. 53957 ...................... 27.08
- कानुन ........................................... 1986 ...................... 1.00
- शिक्षा........................................ 45287 ...................... 22.69
.......... जम्मा ................................. 199264 .......................... 100
श्रोत: आर्थिक सर्वेक्षण 20065-66नेपालमा आर्थिक वर्ष २०६४।६५ मा विज्ञान तथा प्रविधि तर्फ अध्ययन गर्ने विद्यार्थीहरु १६.४५ प्रतिशत र अप्राविधिक तर्फ ८३.५५ प्रतिशत रहेको देखिन्छ । अन्य वर्षहरुमा पनि यसै किसिमले विद्यार्थीहरु विभिन्न संकाय अन्तर्गत अध्ययन गरेको देखिन्छ ।
त्यसैले नेपालको हालको आवश्यकता भनेको नेपालकै श्रोत र साधनहरुको परिचलन गरी आर्थिक विकासमा सवैभन्दा बढी योगदान दिने समुदाय वा उद्यमशीलता विकास गर्ने शिक्षा अत्यन्त जरुरी छ । यसवाट मात्र देशमा विभिन्न ज्ञान, सीप र अनुभव भएका युवाहरुलाई रोजगारीको अवसर प्राप्त हुन सक्दछ । यसको साथसाथै विभिन्न सीप विकास तालिम केन्द्र र व्यवसायिक विकास केन्द्रहरु जस्तै प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र, घरेलु तथा साना उद्योग विकास कार्यक्रम, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानअन्तर्गत पनि नेपाल सरकारले युवाहरुलाई सीप तथा तालिमको व्यवस्था गरेको छ जसबाट धेरै युवाहरु लाभान्वित भएका छन् ।
नेपालमा श्रम शत्तिको मागभन्दा पूर्ति अत्यधिक हुनु र बजारको माग अनुरुपको जनशक्ति तयार नहुनाले गर्दा शिक्षित युवा वेरोजगारहरुको संख्या दिनानुदिन वढी रहेको छ । अर्कातर्फ, नेपालको उच्च शिक्षाको सट्टा विदेशमा गइ उच्च शिक्षा हसिल गर्न चहाने विद्यार्थीहरुको संख्या पनि वृद्धि भइ रहेको छ । यसबाट नेपालले प्रतिभा पलायनको समस्या ब्यहोर्नु परिरहेको छ भने देशभित्र उत्पादित शिक्षित जनशक्तिलाई उचित अवसरहरु प्रदान गर्न नसक्दा युवा बेरोजगारीको संख्या बृद्धि हुनाले आर्थिक बिकासमा नै नकारत्मक असर पुगेको छ ।
युवाहरुलाई उद्यमि वनाईएमा युवाहरुले रोजगार माग्ने नभई देशमा रोजगार श्रृजान गर्नछन् ।अतः आर्थिक विकास गर्ने एउटैमात्र उपाय युवाहरुलाई प्राविधिक र उद्ययमशिलता शिक्षा दिनु रहेको छ । त्यसैले अब युवाका लागी रोजगार नभएर रोजगार बृद्धिका लागी युवाले प्रयास गर्नु पर्ने देखिन्छ ।
त्यसैले युवाका लागि रोजगार नभएर रोजगारका लागि युवा नारा राख्दा कसो होला ?

Saturday, August 1, 2009
Principle 2: Opportunity Cost
Opportunity Cost:
The opportunity cost of an item is what you give up to obtain that item.
Whether to go to college or to work? sn]h hfg] ls hflu/ vfg]===
पुर्णकालीन जागिर खाने हो भने कलेज जान पाइन्न । कलेज जाने हो भने पुर्णकालीन जागिर खान पाईन्न । त्यसैले जागिर खानुको लागत कलेजको शिक्षा नपाउनु हो भने कलेजको शिक्षा पाउनुको लागत जागिरको आम्दानी हो ।
कृषकले कुनैै खेतमा निश्चित समयमा मकै रोप्यो भने गहुँ रोप्न पाउँदैन र गहुँ रोप्यो भने मकै रोप्न पाउँदैन । त्यसैले मकै उत्पादन गनुको लागत उस्को उक्त खेतमा हुन सक्ने गह्ुँको उत्पादन हो भने गहुँको उत्पादन गनुको लागत खेतमा हुन सक्ने मकै उत्पादन हो ।
यस लागतलाई Opportunity Cost भनिन्छ ।
Monday, July 27, 2009
Principle 1: People Face Tradeoffs
Making decisions requires trading off one goal against another.
केही पाउँदा केही न केही गुमाईएको हुन्छ ।
..............
.............
To get one thing, we usually have to give up another thing.
केही पाउँदा केही न केही गुमाईएको हुन्छ ।
- कुखुरा पालौं कि ... विहे गरौं ....
- कलेज जाउँ कि .. फिल्म हेर्न जाउँ .....
- एम.वि.ए. पढौं कि .. जगिर खाउँ ...
- राम्रो खाने कि ... पैसा बचाउने
- काम गर्ने कि ...फुर्सद बस्ने ...
..............
.............
To get one thing, we usually have to give up another thing.
- Guns v. butter
- Food v. clothing
- Leisure time v. work
- Efficiency v. equity
Subscribe to:
Posts (Atom)